नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन हुने

738
views

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको विशेष महाधिवेशन फागुन १८ र १९ गते ललितपुरमा हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीयकार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु, सात वटै प्रदेश तदर्थ समितिबाट एक÷एकजना र नेरेसोका ७४ वटा जिल्ला शाखाबाट तीन–तीनजना, नयाँ गठनभई निर्वाचन सम्पन्न हुन बाँकी ३ जिल्लाका तदर्थ समितिका २÷२ जना गरी करिव २८० प्रतिनिधि तथा पर्यवेक्षकहरूले महाधिवेशनमा भाग लिने जनाइएको छ ।

नेरेसोको ५५ वर्षे इतिहासमा ४७ वटा नियमित महाधिवेशन सम्पन्न गरिसकेपनि यो पहिलोे विशेष महाधिवेशन भएको नेरोसोले जनाएको छ ।