मन्त्री अधिकारीको शव पोखरा ल्याईयो

730
views

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पोखरा ल्याइएको छ ।

मन्त्री अधिकारीको पार्थिव शरीरलाई शवयात्रासहित आजै रामघाटमा अन्त्यष्टि गरिनेछ । शवयात्राको व्यवस्थापन गण्डकी प्रदेश सरकारले गरेको छ । मन्त्री अधिकारीको शवलाई पोखरा विमानस्थलबाट सिधै नयाँ बजारको प्रदर्शनी केन्द्रमा राखिएको छ ।

अधिकारीको पार्थीव शरिलाई नयाँ बजारबाट महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट रामघाटमा र्पुयाएर अन्त्यष्टि गरिने बताइएको छ ।

मन्त्री अधिकारीको पार्थीव शरिरलाई श्रद्धाञ्जली दिन जिल्ला तथा गाउँगाउँबाट नेकपा कार्यकर्ता पोखरा आइसकेका छन् ।