पोलिटब्युरो सदस्य बन्न नेकपा नेताहरुको दौडधुप

633
views

काठमाडौं, १३, बैशाख । जिल्ला नेतृत्वको चयनपछि नेकपाका शीर्ष नेताहरु पोलिटब्युरो गठनमा जुटेका छन् । नेकपा नेताहरुलाई वैशाखभित्रै पोलिटब्युरो गठन, कार्य विभाजन र जनसंगठनको एकता टुंगो लगाउनुपर्ने दबाब छ ।

पोलिटब्युरोमा केन्द्रीय सदस्यहरू नरेश खरेल, केदार न्यौपाने, धर्मनाथप्रसाद शाह, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गुरु बराल, गोमा देवकोटा, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, ठाकुर गैरेलगायतका नेता सम्भावना छ ।

त्यस्तै देवराज घिमिरे, डा. विजय सुब्बा, बैजनाथ चौधरी, प्रमेश हमाल, भानुभक्त जोशी, रामचन्द्र यादव, जयन्ती राई, ममता गिरी, सुशीला नेपाल, केशवलाल श्रेष्ठ, शेरबहादुर तामाङ, ज्ञानबहादुर भुजेल, श्रीप्रसाद शाह, सुजिता शाक्य, चूडामणि जंगलीलगायतका नेताहरु आकांक्षी छन् ।

तत्कालीन माओवादीतर्फबाट भने स्थायी समितिमा परेका १९ नेता स्वतः परेपछि अन्य ४७ जना नेता पोलिटब्युरोमा छान्नुपर्नेछ । तत्कालीन पार्टी सचिवालयमा रहेका ९९ सदस्यीय कमिटीबाटै पोलिटब्युरो छान्नुपर्ने अवस्थामा नेकपा छ । प्रदेश पदाधिकारीमा रहेका नेताहरुलाई समेत पोलिटब्यूरोमा समेटिनुपर्ने दबाब छ ।

तत्कालीन माओवादीका तर्फबाट पोलिटब्युरोमा नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, तिलक परियार, दीनानाथ शर्मा, हितराज पाण्डे र राम कार्की पर्ने सम्भावना छ । यस्तै विश्वनाथ शाह, उर्मिला अर्याल, डिलाराम आचार्य, नारायणप्रसाद दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, प्रभु शाह, रामचन्द्र झा, रामेश्वर राय यादव, परशुराम तामाङ, ओनसरी घर्ती, पासाङ शेर्पा, सुनील मानन्धर, प्रह्लाद बुढाथोकी, सावित्री काफ्ले पोलिटब्युरोमा पर्ने सम्भावना छ ।

पोलिटब्युरोको आकांक्षीमा शालिकराम जम्मकट्टेल, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, सूर्यप्रकाश सुवेदी, यशोदा सुवेदी, अमृता थापा, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल र कमला रोका छन् । यस्तै झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, टंक आङवुहाङ, सुरेशकुमार राई, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, गंगा कार्की पनि आकांक्षी छन् । नेताहरू टेकबहादुर बस्नेत, खगराज भट्ट, अञ्जना विसंखे, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल, पुष्पविक्रम मल्ल, राजु खड्कालगायत नेता पोलिटब्युरो आकांक्षी छन् ।