श्रमिक दिवशको शुभकामना

1071
views

निर्मल पौडेल एन.पि.घायल

-कविता

आँत सुकेका
आत्मा दुखेका
पैताला च्यातिएका
हातका हत्केलाहरुले गालाका पशिना पुछ्दा पनि दर्दराउने ठेलाहरु
पराईका मेलाहरु
भरिया वनेर तालुमा खाल्डा परुञ्जेल
काला रौँहरु सेताम्मे भएर फूलुञ्जेल
तालुका रौँनै झर्ने गरी
नुनिला आँसु पिएर
भोक र प्यास मेटाउँदै
चौतारी र भञ्जाङमा
सुस्केरा हाल्ने आम श्रमिहरुलाई श्रमिक दिवशको शुभकामना।

खेत वारीहरुमा
दिनभर साहुका मेलाहरुमा
वेलुका चल्होमा आगो वलेको मीठो कल्पना गर्दै
दिनभर पशिनाले उनैको माटो सिञ्चीत गर्नेहरु
मालिकका दासी भएर
उनीहरुकै सेवाका लागी
हरपल जिन्दगीका सुनौला प्रहरहरु आहुती दिने
आम महान श्रमजिवी हरु लाई श्रमिक दिवशको शुभकामना ।।

नदिकिनारमा वालुवा चालेर
रोडा वोकेर
घन ठोकेर आफ्ना अमुल्य घडीहरु फुटाल्दै
जिन्दगी गुजार्नेहरु
वराजुका थोत्रा लुगा टालेर
खाली पेट सुधार्नेहरु
साहुका फलाम पिटेर
छाक टार्नेहरु
आऊ फेरी एकपटक आवाज उठाऔँ
श्रमिक दिवशकै दिन शुभकामना दिनको लागी ।

तिमीलाई श्रमिक दिवशको शुभकामना
ओ मेरा हलिया कमैया प्रियजनहरु
ओ मेरा प्रिय ठेला ड्राइभरहरु
लोडर अनलोडरहरु
रिक्सा चालकहरु
इट्टा भट्टामा कलिला हातले
ठुला महलहरु निर्माणका लागी
खुजुरामा हात्तीका काम गर्ने भाइवैनाहरु
तिमीलाई श्रमिक दिवशको शुभकामना।।

गल घन गैँची र वेल्चाहरुमा
जिन्दगीको एक त्यान्द्रो स्वास लाई अड्काएर
अनन्त सम्म वाँच्ने भरोसा लिएर
सडकका नालीहरुमा
निहुरीएका ठाडा शिरहरु लाई श्रमिक दिवशको शुभकामना।

तपाईँलाई पनि श्रमिक दिवशको शुभकामना
जो श्रमिकको
रगत र पशिनाका घुड्कि लगाएर
चिल्ला कार र ठुला विमानमा
मखमली यात्रा भर्नेहरु
घर पोत्ने र खेत जोत्नेका नारा पचाएर डकार गर्नेहरु
आम सर्वाहरा मजदुरहरुको तर्फवाट
तपाईँलाई पनि श्रमिक दिवशको कोमल शुभकामना ।।

कुस्मा, पर्वत