-नारायण अधिकारी ‘निश्च्छल’
सभामुख कृष्ण बहादुर महरा (कुनैबेला शक्तिशाली पार्टीका महासचिव) ले गरेको कमजोरी को मात्रा कति हो !? यो त हामी समिक्षा गर्दै जाउँला।हामीले मात्र होइन राज्यले पनि समिक्षा गर्ने नै छ।तर हरेक कुराहरुमा भ्रष्टिकरणमा चुर्लुम्म डुबेका नेपाली कांग्रेस,राजावादीहरु र एमाले स्कुलका उत्पादनहरु महरा प्रकरणमा बाह्र हात उफ्रेर हो–हल्ला गर्नुको कुनै औचित्य होला र !
“म अविवाहित हुँ कुमार होइन’ यो भनाइ कसको हो ? तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको होइन र ! कांग्रेस,राजावादी र एमाले स्कुलबाट उत्पादनहरुमा ‘महरा प्रवृत्ति’ आम संस्कृतिको रूपमा ब्याप्त छ त्यसकारण त्यहाँ त्यो नैतिक पतनको विषय बन्दैन । माओवादी स्कुलमा महरा प्रवृत्ति साह्रै नै सानो हिस्सामा रहेको बिकृते संस्कृति हो । त्यसकारण यो नैतिक पतनको विषय बन्नै पर्छ र बन्दै आएको पनि छ । प्रचण्ड र बादलहरुले कुन राजनीतिक इस्यु हो र कुन अपराधीक इस्यु हो छुट्याएका छन ।
प्रचण्ड र बादलहरुले चाहेको भए महरालाई राजनीतिक इस्यु कै विषय बनाएर कानुन संबत प्रक्रिया जति सबै रोकिदिन पनि सक्थे । तर ऊनीहरु ले त्यसो नगरेर महरालाइ कानुनी कठघरामा उभ्याएर राम्रो गरेका छन । उनीहरुको यो कदमलाई हामीले मुक्त कण्ठले प्रसंसा गर्नै पर्छ । तिनै प्रचण्ड र बादलहरु (मोहन बैध र बाबुराम पनि) हुन २०६५ जेष्ठ १५ मा ज्ञानेन्द्रको कसुरलाई कानुनी रूपमा समाधान नगरी राजनीतिक समाधान गरे । के त्यतिबेला ज्ञानेन्द्र शाहलाई १७ हजारको हत्यारा घोषित गरि कानुनी बिधि अपनाएर दण्ड दिएको भए राम्रो हुन्थ्यो त ? पक्कै राम्रो हुन्थेन । राजा भनेकै राजनीतिक पो हुन्छ त भनेर राजनीतिक निर्णय गरि स-सम्मान जनता बनाएर राखियो । त्यतिबेला त्यसो गर्नु ठोस स्थितिको ठोस विश्लेषण थियो । यतिबेलाको ठोस स्थितिको ठोस विश्लेषण भनेको महरा प्रकरणमा राजनीतिक हस्तक्षेप नगर्नु बरु कानुन संबत स्वतन्त्र छानबिनलाई सहयोग गर्नु हो । महरा आफैंमा खराब देखिएपनि परिस्थिति अनुसार जनताको स्वभावसंग लय र ताल मिलाएर प्रचण्ड र बादलले महरा प्रकरणमा (अरु इस्युमा होइन) ठिकै स्टेप चालेका छन भन्ने मेरो विश्लेषण छ । युवा नेता (नेकपा क्रान्तिकारी माओवादी)