पर्वतबाट अन्तराष्ट्रिय स्क्रायबल प्रतियोगिताका लागि २२ जना छनौट

651
views

पर्वत, ९, मंसिर । पर्वतमा पहिलोपटक राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता सम्पन्न भएको छ । कुश्मामा रहेको आदर्श अंग्रेजी आवासीय माविमा सम्पन्न प्रतियोगिताबाट आगामी माघमा हुने अन्तराष्ट्रिय स्तरको प्रतियोगिताका लागि २२ जना विद्यार्थी छनौटमा पर्न सफल भएका छन् ।

अन्तर्रा्ष्ट्रिय प्रतियोगिताका लागि छनौट हुनेहरुमा पर्वतका प्रवेश गिरी, अनमोल पौडेल, सन्देश पौडेल, कास्कीका मौसम सेन, रस्मीता गुरुङ, समिप गुरुङ, बिरेन्द्र रानाभाट, विकल्प थकाली, नमन गुरुङ, विश्व तिवारी, रहेका छन् । नवलपुरका विनोद चापागाई, नवलपरासीका अर्चना पाण्डे र अर्नभ पाण्डे रहेका छन् । नवलपुरकै सुदिप पौडेल, चितवनका एन्जिला काफ्ले, विवश श्रेष्ठ, भक्तपुरका आयुस आवल, दिक्षान्त परियार, जलाज प्रजापति, तनहुँका रुपा दुरा र रितिका भट्टराई रहेका छन् ।

रेन्वोहोम्स एकेडेमीमा हुने अन्तर्रा्ष्ट्रिय स्क्रायवल प्रतियोगितामा नेपालका २२ र बंगलादेशवाट १० जना गरी ३२ जना खेलाडीको बीचमा प्रतिस्पर्धा हुने भएको छ । यसैबीच मलेशियामा आगामी नोभेम्बर २९ गतेदेखि डिसेम्वर १ सम्म हुने अन्तराष्ट्रिय स्क्रायबल प्रीतयोगितामा सहभागि हुन जाने आदर्श माविका सुर्यचन्द्र रेग्मीलाई विदाई समेत गरिएको छ ।

पहिलो पटक नेपाली अंग्रेजी र गणित विषयमा भएको प्रतियोगितामा नेपालका २१ जिल्लाबाट ६० जना सहभागि भएका थिए । ती मध्ये पहिलो चरणमा ४० जना छनौट भएका थिए भने फाईनल चरणमा २२ जना छनौट भएको आदर्श अंग्रेजी आवासीय मावि कुश्माका प्रिन्सिपल तथा पर्वतका स्क्रायवल संयोजक हिमबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

स्क्रायवल क्लव पोखराका अध्यक्ष केशवप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुशमा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले यस्ता खालका प्रतियोगिताहरुले विद्यार्थी र शिक्षकहरुको क्षमता विकास हुनेमा जोड दिनुभयो । उहाँले नयाँ शव्दको खोज र अनुसन्धानमा स्क्रायवल प्रतियोगिता कोशेढुंगा सावित हुने पनि बताउनुभयो ।

कार्यक्रममा स्वागत आदर्श आवासीय माविका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्री र स्क्रायबल क्लव पोखराका सदस्य ध्रुव थापाले यो खेलका बारेमा जानकारी दिनुभएको थियो ।