धरानबाट नियन्त्रणमा लिइएका नेता कार्यकर्तामाथि अनुचित कदम नचाल्न देजमोको चेतावनी

499
views

काठमाडौं । गएको ८ गते धरानमा भईरहेको कार्यक्रमबाट पक्राउ परेका नेता कार्यकर्तालाई झुट्टा मुद्दा लगाउने तयारी गरेको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले अनुचित कदम नचाल्न सरकारलाई चेतावनी दिएको छ ।

मोर्चाका केन्द्रिय अध्यक्ष सिपी गजुरेलले आज एक प्रेस वक्तव्य जारी गर्दै धरानमा भईरहेको कोणसभाबाट प्रहरीले नियन्त्रणमा लिएका नेता कार्यकर्तालाई विना शर्त रिहाईको माग गरेको छ ।

सुनसरी जिल्लाको धरानमा उपमेयर पदका लागि हुन गईरहेको निर्वाचन बहिष्कारको कार्यक्रम स्थलबाट मोहन लिम्बु, जय आचार्य, तारक लिम्बु, टिका राई, पदम तामाङ, पारस लिम्बु, सन्तोष ठाकुर, गौरव राई, र राम बहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मोर्चाले शान्तिपूर्ण कार्यक्रम चलिरहेकै बेला कार्यक्रम स्थलबाट आफ्ना नेता कार्यकर्ता पक्राउ गरी जिल्ला प्रशासन कार्यालयले झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरेको भन्दै त्यसको घोर निन्दा एवं भत्र्सना गरेको छ ।

मोर्चाले उनीहरुलाई विना शर्त रिहाई नगरे उन्पन्न परिस्थितिको जिम्मेवार सरकार नै हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।