कविता स्मृतिहरु

1255
views

कविता
स्मृतिहरु

ओ मनमाया
मेरो जिन्दगिमा
तिमी छैनौ त के भो
तिमी जस्तै
तिम्रा यादहरु छन
तिम्रा स्पर्सहरु छन
जो मलाई
हरपल चुमिरहन्छन।

मेरा आँखा मा
लागेको छ ढकमक्क हुस्सु
तिम्रा धुमिल सम्झनाहरुको
मेरो मनमा
किला गाडेर बसेको छ
त्यो पुरानो अतित
हो मनमाया
अक्सर मेरो दिनचर्या
यिनै उल्झन बाट
उम्कदा उम्कदै वित्छ।

मेरा पैतालाहरुले
एउटा समस्या छिचोलेर
गन्तव्य नभेट्दै
अर्को नयाँ समस्याले
पच्छ्याईरहन्छ
भन मनमाया
म गन्तव्य तिर लागू कि
समाधान तिर।

ए मनमाया
तिमिले बिर्सेउ कि याद छ
त्यो कालिको किनार मा बसेर
गाएको प्रेम गित
ताल पोखरामा
डुङ्गा सयर गर्दै
गरेको प्रेमालाप
आहा
मेरो मानसपटलमा
फनफनि घुमिरहन्छ
जसरि छमछमि नाचेकि थियौ तिमी
सत्यनारायण को पुजामा
सान्दाको घर ।

साच्चै मनमाया
तिमी जसरि
तिमि सग सगै हराए
नफर्किने गरि
मेरो जिवनबाट
ओठको हासो

मुहारको खुसि

ओ मनमाया
मेरो जिवनमा
तिमी छैनौ त के भो
र पनि
म सग छ
एउटा अधुरो प्रेम ।
कपिल शर्मा फलेवास पर्वत हाल पोखरा