उ तोपहरु पड्काईरहेको छ,
मेसिनगन चलाईरहेको छ,
शव्दहरुले ।
युद्दका कविताहरु कोरिरहेको वखत
चुरोटका ठुटासङ्ग
जीवन मरणको दोसाधमा
आफ्ना सुनौला सपनाहरु
चाहनाहरु,
युद्द मैदानमा उडाईरहेको छ ।
ऊ रसाईनहरु फैलाईरहेको छ
किनकी
उ योद्दा हो
उ उजाड वस्तीमा घुम्न मन पराउछ,
डाईनोसोरस फेरी ब्युझाउन चाह्न्छ,
पैदल यात्राले मङ्गल ग्रहमा उड्न चाहन्छ,
समुन्द्र मुनी वस्ती वसाल्न चाहन्छ,
हो ऊ युद्दमा हारेको योद्दा ।
हाँसेका हिमाल सङ्गै
मुस्कान छर्न चाहन्छ,
बगेको गङ्गा जसरी
अबिरल बग्न चाहन्छ,
उस्लाई
बाग्मती ,विस्नुमती कन्चन बनाउनु छ,
भोका नाङ्गाको मुखमा माड भराउनु छ,
मानौ
उ सम्पन्न छ
उ सङ ब्रमाण्ड पुरै बाहुपासमा छ्न,
उ जीवनदाता हो
सबैको सृष्टी उसमा निहित छ
किनकि ऊ योद्दा हो
हो ऊ युद्दमा हारेको योद्दा ।
उसलाई कलम होईन हतियारमा भरोसा लाग्छ ,
तोप पड्काउन मन लाग्छ,
आजकल मानव होईन
उस्लाई दानव बनिरहेको आभास मिलेको छ
उसमा कुनै नैतिकता छैन
सहिस्णुता, आत्मियता पनि छैन
हो ऊ युद्दमा हारेको योद्दा ।
बाघलाई जबरजस्ती घास खुवाईरहेको छ
धानको बोटमा कोदो फलाउने
सपना देखिरहेको छ
भेडाहरुलाई सिंह बनाउन उद्दत छ
किनकी उ योद्दा हो ।
हे योद्दा तिमी आजभोली
कुन नैतिकताको गाथा गाउदै छौ ?
भेडाहरु भ्या भ्या गर्छन्
कुकुर हरु भुक्दै गर्छन्
तिम्रा युद्दका नपुङ्सकता छोप्न
तिमी किन
स्त्रीको पेटिकोट भित्र
ईतिहास बनाउन लागिपरेका छौ ।
हिजो आज तिमी
चटके बनिरहेका छौ
चटकेले चटक देखाउछ ,भिड जम्मा पार्छ
कहिले रङ ्ग मन्चमा उफ्रिन्छ
कहिले दौडन्छ
कहिले हास्छ कहिले रुन्छ
मान्छेको मुटु
कलेजो निकाल्छ
अनि दर्शकहरु ताली पिटेर मजा लिन्छन्
यो कस्तो अचम्म
हुन त तिमी एक यौद्दा हौ ।
मलाई अचम्म लागेको थियो
तिमिलाई भेट्दा
जुनदिन
तिमिमा युद्दको ह्याङओभर कायमै थियो
तिमी हिमालमा
धान उमार्न चाहेका थियौ
तिमी तराईमा हिउँ पगाल्न चाहेका थियौ
तर तिमिलाई सत्तामा पुग्नु मात्र लडाई रहेछ
थाहा छ होलानी
हिउँदमा हिउ पग्लिरहेको हुन्छ
जडोयाम विहानीमा
वृक्षका पातहरुमा
रातभर जूनका आँखा चुहिएर चुर्लुम्म हुन्छन् ।
शितलता त्यही शितमा हुन्छ
तर
विषको वृक्षले शितलता दिँदैनन् ।
घरमा पालेका जिबजन्तुमा मानवता हुन्छ
विपत्तीमा सामेल र सह्भागिता जनाउछ्न
तर
तिमि मनवता हराएको मुन्छे
क्यानभासमा सपना सजाउँदा सजाउदै
हिरोसिमा नागासागी जस्तै
उजाड बन्दै गैरहेका छौ
तिमि पनि ।
आजकल तिम्रा तोपहरु
तिम्रा मेसिनगनहरु
तिमिलाई नै प्रश्न गरिरहेका छन्
तिम्रो युद्द कहा पुग्यो
ओ सत्ताधारी योद्दाहरु
किन खिया लागे तिम्रा विचारमा
के का लागि र किन
उजाड वस्तिका कोख रित्तो पारेउ ?
कयौलाई अङ्गभङ्ग पारेर
विभत्स तरिकाले
तड्पाई तडपाई मारेउ ?
अझै लाग्छ तिमिलाई
म अझै लडाईमै छु ।
अहो मलाई माफ गरिदेउ
किनकी तिमी त योद्दा हौ
युद्दमा हारेको।
आशिष सापकोटा वाग्लुङ ,हाल अमेरीका