सीमाविद् बुद्धिनारायण श्रेष्ठको गलत भिडियो हटाउन रतन भण्डारीको माग (भिडियो सहित)

1542
views

पर्वत । अतिक्रमणको चपेटामा लिम्पियाधुरा चर्चित पुस्तकका लेखक रतन भण्डारीले सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालको अतिक्रमित महाकालीको लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्रबारे गुगलम्यापसहित ५.३२ मिनेटको गलत भिडियो हटाउन र प्रचार प्रसार नगर्न माग गरेका छन् ।

भिडियोमा महाकालीको उद्गम र वास्तविक सीमाबारे सीमाविद श्रेष्ठले प्रवाह गरेको सन्देश गलत, भ्रमात्मक र विरोधाभाषपूर्ण हुनुको साथै आपत्तिजनक रहेको भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मा लेखेका छन् ‘उक्त भिडियो सन्देशले आम जनसाधारणमा गलत सूचना प्रवाह भएको छ ।’

यस्तो छ सीमा विद् श्रेष्ठले बनाएको भिडियो

https://www.facebook.com/908450189485950/videos/1374123082788262/?t=7

“महाकाली नदीको उत्तरतर्फ लाग्दाखेरी यो ठाउँमा गुन्जीनजीकै आएपछि लिम्पियाधुराबाट आएको नदी र लिपुलेकबाट आएको नदी यहाँ संगम हुन्छ । र अब हामी लिपुलेक तिर लागौँ । लिपुलेकबाट निक्लेको नदीमा अहिलेसम्म सिमाना ठीकै छ । यो पहेलो लाइनले सिमाना देखाएको छ । अब हेर्नुस है अब कालापानीको भाग आएपछि भारतले यो सिमानालाई पूर्व्तिर यो रातो लाइनतिर मोडेको छ ।“

सीमाविद श्रेष्ठले भनेझै लिपुलेकबाट निक्लेको नदीमा अहिलेसम्म सिमाना ठीक छ भन्ने कुरा आपत्तिजनकमात्रै होइन खेदपूर्ण छ । नेपालको सिमाना लिपुखोला नभइ लिम्पियाधुराबाट आउनु कालीनदी हो, जुन कुरा सीमाविद श्रेष्ठले ५.३२ मिनेटको यस भिडियोमा कही उल्लेख गरेका छैनन् । त्यसैले लिम्पियाधुराबाट आउने काली नदीलाई सीमा नभनी लिपुखोलालाई सीमा अर्थलाग्ने गरी सीमाविद श्रेष्ठज्यू बनाएको उक्त भिडियो सच्चाउनु जरुरी छ ।

२०७५ असोज ४ गतेको अन्नपूर्ण पोष्टमा सीमाविद बुद्धिनारायण श्रेष्ठको “नक्शा नेपालको, छपाइ भारतको“ शीर्षकमा लेख छापेका थिए ।

लेखमा श्रेष्ठले भनेका छन्ः “नापी विभागले २०३२ सालमा कालापानी क्षेत्रको नक्शामा बनाउँदा उक्त नक्शामा नापी टोली कालापानी मै रोकिने कि लिम्पियाधुरा पुग्ने भन्ने अन्यौल भएपछि लाइन नजोडी दरबारमा फाइल पठाइयो । दरबारले त्यही रोकिन आदेश दियो ।

“ हेर्नुहोस नक्शा यसैसाथ

तर २०५७ सालमा नेपालको सिमाना नामक पुस्तक प्रकाशन गरी सीमाविद बुद्धिनारायण श्रेष्ठले २०५५ भदौ १० गतेको बिबिसी नेपालीसेवासँग लण्डनमा गरेको कुराकानी सोही पुस्तकमा छापेका छन् । पुस्तकमा श्रेष्ठले २०५५ को भदौसम्म पनि लिपुलेकबाट आउने नदीलाई नै काली हो भन्ने लागेको तर लण्डनमा आएर नक्शा हेरपछि लिम्पियाधुराबाट आउने नदीलाई काली भन्ने निष्कर्षमा पुगेको बताएका छन् । श्रेष्ठको यो भनाइ हेर्दा उनले २०३२ सालमै कालापानी क्षेत्रको नक्शा बनाउँदा नापी टोली लिम्पियाधुरा पुग्ने कि कालापानीमै रोकिने भन्ने दाबी सतप्रतिशत झूठो देखिन्छ । अर्कोकुरा श्रेष्ठको दाबी अनुसार यदि २०३२ सालमा नापीविभागले लिम्पियाधुरा पुग्ने बनाउन खोजको थियो भने नक्शा कालापानीमा पुर्याएर होइन त्यो भन्दा तल लिम्पियाधुराबाट आउने काली नदी र लिपुलेकबाट आउने लिपुखोलाको दोभानमा रोकिनुपथ्र्यो । तर त्यहाँ नरोकी नक्शा लिपुलेकबाट आउने लिपुखोलाको तिरतिर भारतले सैन्य क्याम्प राखेको कालापानीमा पुर्याएर नक्शा रोकिएको छ ।

सिमाविद श्रेष्ठले २०७२ जेठ ७ गतेको कान्तिपुर दैनिकमा लिपुलेकलाई “त्रिदेशीय विन्दू“ भन्दै लामो लेख लेखेका थिए, हेर्नुस यसै साथ । जबकि नेपाल भारत र चीनबीचको त्रिदेशीय विन्दू लिपुलेक नभइ लिम्पियाधुरा हो । २०७७ वैशाख २७ गते सीमाविद बुद्धिनारायण श्रेष्ठले संचारमाध्यमले व्यस्त बनायो भन्नु पर्यो विहानैदेखि क्रमशः भन्दै बुदागतरुपमा पोष्ट गरेको स्टाटसको बुँदा नं. ६ मा समेत “चीनलाई भन्नुपर्छ यो भूमि त्रिदेशीय क्षेत्रमा परेकोले …“ भनेका छन् । जबकि नेपाल भारत र चीनबीचको “त्रिदेशीय विन्दू“ लिपुलेक नभइ “लिम्पियाधुरा“ हो । नेपालभित्रको लिपुलेकलाई त्रिदेशीय क्षेत्र वा विन्दू भन्नु झनै आपत्तिजनक छ ।