चौलागाईँद्धारा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

1202
views

कालिकोट ।  वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा कालिकोटका खाडाचक्र नगरपालिका ८ का प्रेम चौलागाइले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहेका चौलागाईले खाडाचक्र नगरपालिका ८ बाट वडा अध्यक्षमा घोषणा गरेका हुन ।

युवाहरु सधै सधै नेतृत्व बाहिर रहने र बैदेशिक रोजगारीका लागि मात्र नभएर गाउँ बस्तिको सेवा गर्ने बेला आएको चौलागाईँले बताए ।

युवाहरु स्वार्थी नेताका पछि लाग्ने,पल्टनमा जानलाई र बैदेशिक रोजगारीका लागि मात्र नभइ आफ्नो गाउँ बनाउनतर्फ लाग्छौँ,चौलागाईले भने, त्यसो भएकोले पार्टिको पुरानो स्वार्थी नेतालाई नभएर युवालाई अगाडी ल्याउन आवश्यक छ ।,