नवदृष्टि संवाददाता
११, चैत्र
काठमाडौं ः सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । संक्रमणकालीन न्याय टुंगोमा पु¥याउने तयारी स्वरूप बसेको बैठकमा एमाले नेतासमेत रहेका प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी छन् ।
बैठकमा संक्रमणकालीन न्याय टुंग्याउनका लागि छलफल अघि बढाउने तयारी रहेको बताईएको छ ।