नवदृष्टिको प्रधान सम्पादकमा पिसी

640
views

एकदशक देखि संचालनमा रहेको नवदृष्टि अनलाईन प्रा.लि.को प्रधान सम्पादकमा राजबाबु पिसी नियुक्त भएका छन् । पिसी विगत दुई दशकदेखि पर्वत जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । पर्वतमा रहेर आधा दर्जन पत्रपत्रिकामा कार्यकारी सम्पादक कार्यअनुभव भएका पिसी जिल्लाका अनुभवी पत्रकार हुन् ।
पिसीले जिल्लाबाट प्रकाशित पर्वत दिप साप्ताहिक, साहारा न्यूज दैनिक, बुलेट न्यूज साप्ताहिक तथा बुद्ध सन्देश अनलाईन पत्रिकामा कार्यकारी सम्पादकको रुपमा काम गरेको अनुभव रहेको छ । पिसी राजधानी दैनिक र एविसी टिभिका रिर्पाेटरको समेत अनुभव संगालेका स्वच्छ छविका पत्रकार हुन् ।
पिसीले प्रधान सम्पादकको पदभार ग्रहण गर्दै नवदृष्टि अनलाईन पत्रिकालाई विश्वासिलो र उकृष्ट अनलाईन पत्रिकाको रुपमा विकास गर्दै लैजाने बताएका छन् । नवदृष्टि अनलाईन प्रा.लि. प्रधान सम्पादक पिसीको उज्ज्वल भविष्यको कामना सहित निष्पक्ष र निडर भई काम गर्नुहुने छ भन्ने आसा भरोसा व्यक्त गरेको छ ।