शालग्राम शिला, विश्वसम्पदा सूचिमा राख्न माग

560
views

नवदृष्टि संवाददाता
पर्वत, १९ माघ
कालीगण्डीक्षेत्रमा सानादेखि ठुलाठुला दुर्लभ शालिग्राम प्रसस्त पाईने गरेकोमा अहिले शालग्राम घट्दै गएका छन् । नेपालको कालिगण्डकी नदिमा मात्रै पाईने विश्वमै दुर्लभ, अनौठा, सुन्दर, मनमोहक लाग्ने र हिन्दु धर्मबलम्वीहरुले विष्णुको रुपमा पुजा गरिदै आएको शालग्राम शिला विश्वसम्पदा सूचिमा राख्नको लागि माग गरिएको छ । पर्वतको कुश्माबजारमा स्थापित प्रकृति, वातावरण तथा शालग्राम शिला संरक्षण अभियान नेपालको बैठकले सो कुराको निर्णय गरेको हो ।
सो अभियानको बैठकले सम्वन्धित जिल्ला समन्वय समिति, जिल्लाप्रशासन, प्रदेश सरकार, संघिय सरकार कालीगण्डकी नदी स्वच्छता, शालग्रामको संरक्षणार्थ तथा विश्व सम्पदासूचिमा सूचिकृतगर्न ध्यानाकर्षण गर्ने निर्णय गरेको अभियानले जनाएको छ ।
कालीगण्डकीमाथिको दोहनले शालग्रामशिला संकटमा रहेको अवस्थामा सो अभियान चालिएको बताईएको छ । शालग्रामलाई संरक्षणगर्न नसकिएमा जलसंकटउत्पन्न हुनसक्ने संभावना बढेर गएको अभियान्ताहरु बताउँछन् ।