पर्वतमा एक दम्पत्ती घरमै मृत फेला

146
views

नवदृष्टि संवाददाता
पर्वत, २०, चैत्र । पर्वतको जलजला गाउपालिका वडा नं २ दहमा गएराती एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन् । ६८ वर्षका सर्यबहादुर जिसी र उनको श्रीमती अन्दाजी वर्ष ६५ की गमला जिसी रहेकी छन् आफ्नै घरमा मृत फेला परेका हुन् ।

बिहान मृत अवस्थामा छिमेकीले भेटेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खवर गरेका थिए । खवरपाए लगत्तै प्रहरी सोही ठाउ पुगेको छ ।

पोखराबाट आएका चिकित्सकको टोली आउदै गरेको र सो टोलीले जाचगरेपछि अनुसन्धान अगाडी बढ्ने प्रहरीले जनाएको छ । जिसी दम्पत्ती मात्रै बस्दै आएको घरमा बिहान नौ बजे स्थानियले मृत अवस्थामा भेटिएको सोही वडाका वडा अध्यक्ष प्रकाश जिसीले बताएका छन् ।