नवदृष्टि संवाददाता
पर्वत, ७ जेष्ठ
श्रीकृष्ण मोहनी एकादशीमा कालिगण्डकी गलेश्वर देखि मोदीवेदी दिव्य धाम सम्म कालिगण्डकी किनारमा रहेका शालग्राम शिलाहरु नाम लेखनार्थ स्नान मेला आईतबार सम्पन्न भएको छ ।
मोदीवेनी दिव्य धाम, मालढुङ्गा, जलजलमा पर्ने कालिगण्डकीका शिलाहरुमा भजनकृतन र बाजागाजा सहित मार्कर, ईनामेल भगवानहरुका नाम लेखन गरेका थिए ।
प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समितिको आयोजनामा भएको मेलामा भक्तजनहरुले भजन कृत सहित १०८ शिला भगवत् नमोत्चारण लेख शिलाकिंत गर्नेगरि शालग्राम शिलामा नाम लेखेका थिए ।
जीवित चक्राकित निष्चक्रांकित सबैदिव्य शिलाहरुको संरक्षण, प्रकृति, पर्यावरण र कालिगण्डकी नदी शालग्राम शिलालाई विश्व सम्पदा सुचिमा समावेशगर्ने माग गर्नका लागि अभियान थालिएको बताईएको छ ।
कालिगण्डकीको स्वच्छता र पवित्रता कायमगरि प्रकृति र पर्यावरण जर्गेनागर्नको लागि मेला आयोजना गरिएको जलजलाका संयोजक तारा रेग्मीले बताए ।
कालिगण्डकीको चिर हरणहुनेगरि गरिएको दोहनले शालग्राम शिला लोपहुने अवस्थामा पुगेकोले जोगाउन अभियान चालिएको जिल्ला संयोजक यज्ञबहादुर थापाले बताए ।