कृषि बीमाको रकम भुक्तानी गर्ने

85
views

नवदृष्टि संवाददाता
१७, जेष्ठ

काठमाडौ । २०८० चैत्र १ गतेदेखि स्थगन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमाको ९७ करोड रकम भुक्तानी गर्ने भएको छ ।
कृषि तथा पशुपन्छी बीमा अन्तर्गतको बीमालेख बापत प्राप्त गर्नुपर्ने वाली तथा पशुधन बीमा प्रिमियम रकम मध्य हाललाई करिब ९७ करोड रुपैया भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ ।
बीमकहरुले कृषि तथा पशुपन्छी बीमा निरन्तर सुचारु गर्ने गरी सहमति भएको समेत मन्त्रालयले उल्लेख गरेको छ ।
बाकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्र गर्नेगरी मन्त्रालयले पहल गर्ने जनाएको छ ।