सुनको मुल्य प्रतितोला ५ हजार ३ सयले बढ्यो

91
views

नवदृष्टि संवाददाता
१९, जेष्ठ

काठमाडौ । यो साता सुनको मूल्य नया रेर्कड कायम भएको छ । बजारमा तोलामा ५ हजार ३ सयले रुपैयाले बढेको छ । नेपाल सुनचा“दी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैया थियो । यस्तै तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । यस्तै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैया र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३०० रुपैयाको वृद्धि हो ।
नेपालमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैया अहिलेसम्म नया रेकर्ड कायम गरेको छ । यस्तै यो साता चादीको मूल्य तोलामा २० रुपैयाले बढेको छ । सुनचादी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चादीको मूल्य तोलामा १८ सय ५५ रुपैया थियो । जुन, यो साताको शुक्रबारसम्मको अवधिमा १८ सय ७५ रुपैया कायम भएको छ ।