शालग्राम संरक्षण अभियानलाई धार्मिकगुरुहरुको समर्थन

244
views

नवदृष्टि संवाददाता
पर्वत, २०,जेष्ठ

प्रसिद्ध श्रीकृष्ण गण्डकी( कालीगण्डकी ) नदीहरुमा मात्र पाईने शालग्राम शिला संरक्षणको लागि प्रसिद्ध धार्मिक गुरुहरुको समर्थन बढ्दै गएको छ ।
जगतगुरु बालसन्त मोहन सरण देवाचार्य महाराजले विश्वमा रहेका सनातनीहरुले शालिग्राम शिलालाई भगवान मान्दै आएका र शालग्राम, श्रीमद्भागवत, स्कन्द पुराण, वराहपुराणहरुमा भगवानको स्वरुप उल्लेख भए अनुसार शालग्राम स्वयं भगवन रहेकाले शालग्राम संरक्षण हुन जरुरी रहेको बताए ।
भगवान शालग्राम संरक्षणका लागि पर्वत, म्याग्दी, बाग्ल¨ क्ष्ँेत्रमा गरिएको शालग्राम भगवानको नाम अंकित शिलालेखन अभियानलाई आफ्नो पुरा सहयोग रहने बताउदै संरक्षणको लागि सनातनी एकभई जाग्नुपर्ने धारणा राखे ।
कालिगण्डकीमा गरिएको ढु¨ा, गिट्टी, बालुवा उत्खनन् तथा नदी र सडक छेउ नजिकै राखिएका क्रसर व्यवसाय समेत असर पारेको सन्र्दभमा धार्मिक गुरुले चासो व्यक्तगरेका हुन् ।