जन्मदिनमा विपन्नलाई सहयोग

129
views

नवदृष्टि संवाददाता
पर्वत, २० जेष्ठ

सिसेफ नेपालकी प्रथम उपाध्यक्ष विजया जोशीले आफ्नो जन्मदिनको अवसरमा कुश्मा नगरपालिका ७ गोदामका एक घर परिवारलाई खाद्यन्न वितरण गरेकी छिन् । जन्मदिनमा गरिने खर्चलाई कटाएर जोशीले दिन दुखी विपन्नहरुलाई खाद्यन्न सहयोग गरेकी हुन् ।
कुश्मा नगरपालिका ५ की समाजसेवी, सामाजिक कार्यमा सक्रिय रहेकी जोशीले भनिन्, बर्षाैदेखि जुत्ता सिलाउदै आएका एक वृद्ध लाई जेष्ठ १८ मा परेको जन्मदिनको खर्च कटाएर सहयोग गरे, यसमा म निकै खुसी छु’ ।