नेपालले आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गर्दै

101
views

नवदृष्टि संवाददाता
२३, जेष्ठ

काठमाडौ — नेपालले आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्यान्ड्सविरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो ।
म्याक्स ओ’डडको अर्धशतकमा नेदरल्यान्ड्सले मंगलबार नेपाललाई ६ विकेटले पराजित ग¥यो । डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बलअगाडि १ सय ९ रन बनाएर पूरा गरेको थियो ।
खराब ब्याटिङ गरेपछि नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध हार खाएपनि अझै तीन खेलमा राम्रो गर्ने बताएका छन् ।
नेपाली समर्थक ग्रान्ड पेरी रंगशालामा पूर्ण भरिभराउ थियो । दर्शकले जितको खुशी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद् बन्न सकेन ।
दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साही हुनुपर्ने अवस्था नरहेको र अरु तिनखेलमा राम्रो गर्ने बताएका छन् ।