विश्व वातावरण दिवसमा, वृक्षारोपण

77
views

नवदृष्टि संवाददाता
२३, जेष्ठ

विश्व वातावरण दिवसको अवसरमा जिल्लामा जिल्लाका सरहकारी तथा गैह्रसारकारी कार्यालय संघस्थाको आयोजनामा वृक्षारोपणका कार्यक्रमहरु आयोजना भईरहेका छन् ।
जिल्लाको मोदि गाउपालिकामा जिल्ला वनकार्यालय, भु तथा जलाधार व्यवस्थापन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको संयुक्त आयोजनामा मोदी ७ राम्जाठाटी स्वास्थ्य चौकी कम्पाउण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा मोदी गाउ पलिकाकी अध्यक्ष हिरादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कुश्मानगरापकिालका र मोदी गाउपालिकाका प्रशासकिय अधिकृत जनप्रतिनिधि, जिल्ला प्रहरी, शसस्त्र प्रहरीलगायत सरोकारवालहरुको सहभागितामा वातावरण दिवस मनाईएको छ ।