(नेप्से) १.९३ अङ्कले घट्यो

82
views

नवदृष्टि संवाददाता
२४, जेष्ठ

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १.९३ अङ्कले घटेको छ । यस सगै नेप्से परिसूचक २०७७.७८ बिन्दुमा आइपुगेको छ । यो साताको आइतबार र मंगलबार नेप्से परिसूचक बढेको थियो भने सोमबार, बुधबार र बिहीबार परिसूचक घट्यो ।
बिहीबार ०.०९ प्रतिशतले सूचक घट्दा १०१ कम्पनीको मूल्य बढेको छ । यस्तै १३५ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ ।
यस क्रममा २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल र मध्य सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज माई खोला हाइड्रोपावरको सेयर मूल्य भने ६.४० प्रतिशतले घटेको छ । परिसूचकमा सामान्य गिरावट आउदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैया बराबरको ८८ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।
विहिबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको १८ करोड ६८ लाख रुपैया बराबरको सेयर किनबेच भएको छ । यस्तै आज कारोबार भएका १३ वटा समूहमध्ये ५ वटा समूहको सूचक बढेको छ ।
होटल र पर्यटन, जलविद्युत, हाइड्रोपावर, लगानी, लघुवित्त र व्यापार बाहेक सबै समूहको सूचक घटेका छन् ।