आईसीसी टी–२० खेलमा अमेरिकाले पाकिस्तानलाई हरायो

94
views

नवदृष्टि संवाददाता
२५,जेष्ठ

काठमाडौ । आईसीसी टी–२० विश्वकपको नवौ संस्करणअन्तर्गत बिहीबार राति खेलिएको खेलमा अमेरिकाले पकिस्तानलाई हराएको छ । । उक्त खेलमा आयोजक राष्ट्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई ‘सुपर ओभर’ मा हरायो । टी–२० विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो ।
उक्त खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले पनि निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ५९ रन नै बनायो । त्यसपछि खेल ‘सुपर ओभर’ मा गयो । ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको अमेरिकाले एक विकेट गुमाएर १८ रन बनायो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ‘सुपर ओभर’ मा एक ओभर गुमाएर १३ रनमात्र बनाएको थियो । ‘सुपर ओभर’ मा अमेरिकाको जितमा नायक बने, सौरभ नेत्रवाल्कर । उनकै कसिलो बलिङका कारण अमेरिकाको जित सम्भव भएको थियो ।