मुस्लिम देशमा हिन्दु धार्मिक सद्भाव फैलाउदै

156
views

सचिन्द्र श्रेष्ठ -यूएई

गत आइतबार भारतमा मोदीले तेस्रो कार्यकालका लागि प्रधानमंत्रीको सपथ खादै गर्दा सोहि दिन उही मोदीले गत फेब्रुअरीमा उद्धघाटन गरेको आबू धाबी स्थित ब्यापस् हिन्दू मन्दिर दर्शन गर्ने अवसर मिल्यो। यो मन्दिर मिडल ईस्टकै सबै भन्दा ठुलो मन्दिर हो।सन् २०१५ मा मोदीको भ्रमण सँगै मन्दिरका लागि उक्त जग्गा आबू धाबीका शेख मोहम्मदले दान दिएका थिए।सन् २०१९ देखि शिलान्यास को काम सुरुवात गरे पनि बिचमा कोरोनाका कारण छिटै तयार हुन सकेको थिएन।यही सन् २०२४ फेब्रुअरी देखि सर्वसाधारणका लागी खुल्ला गरिएको छ ।

दर्शन गर्न पहिलो प्रबेस द्वारनै चुस्त दुरुस्त र सफा देखिन्थ्यो।कही कतै फोहोर देखिदैन,सेक्यूरिटी चेक जाँच पछि भित्र पसे पश्चात जब सिढ़ी उक्लीन थालिन्छ त्यों टाएल्सको सिढ़ीमा खुट्टा टेक्दा यस्तो गर्मीमा तातो पोलेको महसूसनै हुन्न ।सायद त्यों टायल्सको ूखासियतु हो।यूएईमा अत्यधिक गर्मी हुने भएका कारण दर्शनार्थीलाई गर्मी नहोस् भन्नका लागी होला।

आँखाले वरिपरि मज्जाले देखिन सकिने मन्दिर करीब ५।४ हेक्टर क्षेत्रफलमा फैलिएको र यसको लागत करीव ४ सय मिलियन दिर्हाम अनुमान छ।भित्र पश्ना साथ बिभिन्न देवी देबता अन्कित भगवान राम,सीता,लक्ष्मी ,शिव,गणेश लगायतका मूर्ति देख्न सकिन्छ।हरेक स्तम्भमा हिन्दू धर्म ग्रन्थ र प्रतीक बुट्टाहरु छ्याप छ्यापप्ति देखिन्छ।सेतो इटालिन सिंघमर्मरले बनेका उक्त बुट्टाहरु हेर्दानै मन आनन्द महसूस हुने गर्दछ।

मन्दिर वरिपरका स्तम्भहरु हेर्दै गर्दा बिभिन्न बैदिक बस्तुकलाको अत्याधिक प्रयोग देख्न सकिन्छ।जहाँ धार्मिक,सास्कृतिक सभ्यताको चित्रणले मन्दिरलाई थप शोभायमान देखाउन मद्दत पुगेको देखिन्छ।स्तम्भमा भारतीय राजस्थानी ,गुजराती शिल्पीका साथै एज़्टेक, मिश्र,यूरोप,चीन,मेसोपोटामियन लगायत अफ्रीकाको समेत कथा कला संस्कृति कुदिएको प्रस्ठ हुन्छ।टाढा बाट हेर्दा पिरामिड शैलीमा निर्माण भएको अनुमान गर्न सकिन्छ।

यस्तो गर्मीमा समेत परिसर भित्र चिसो महसूस हुने गर्दछ।गर्मी प्रतिरोध नैनो टायल्सको प्रयोगका साथै सिसाको प्रयोग छ, अचम्म त के छ भने त्यहाँ कुनै पनि धातुको प्रयोगनै छैन भन्दा हुन्छ।मन्दिर वरिपरि प्रसस्त पार्किंङ्ग सुबिधा हुनुका साथै खेलमैदान बगैंचा,सास्कृतिक प्रार्थना हल,पुस्तकालय समेत उपलब्ध छ।

अझ यो मन्दिरको रोचक पक्ष मन्दिरका वास्तुकार क्याथोलिक ईसाई, प्रोजेक्ट मेनेजर सिख, फाउंडेशन डिज़ाइनर बौद्ध, कंस्ट्रक्शन कम्पनी पारसी, डायरेक्टर जैन हुन र जसले जग्गा दान दिए ऊनि मुस्लिम यसलेनै बताऊने गर्दछ मन्दिर बन्नुमा कत्तिको आत्मीयता र सहिष्णुता छ भन्ने उल्लेख गर्दछ।

यस मन्दिरमा वास्तुशिल्पका अलावा भूकम्प प्रतिरोध मापनको प्रयोग गरिएको छ।परिसर भित्र ३०० भन्दा बढी सेन्सर प्रयोग छ जसले तापमान,भूकम्प दबाब,गतिको मापन गर्ने गर्दछ।यसले गर्दा हर समय चनाखो र सचेत बनाउने गर्दछ ।

२० हजार टन भन्दा बढी बालुवा,ढुंङ्गा र १८ लाख ईटा प्रयोग र सात राज्यको सात वटा चुचुरा हुनुका साथ यसको लम्बाई २६२ फीट, चौड़ाई १८० फीट र ऊंचाई १०८ फीट रहेछ।जहा वरपर ९६ वटा भन्दा बढ़ी घण्टी झुंडिएको छ।

मन्दिर प्रवेश द्वारमै आठ मूर्तिले सनातम धर्मको आठ मूल्यका प्रतीक देखाउछ।मन्दिरको ुएम्फीथिएटरु बनारस घाटको आकार सँग मिल्दो जुल्दो छ।कारण भारतीयता हुनुको उपज होला।एम्फीथिएटरमा हिड्दा त्यहाँ दुई तर्फ पानीको धारा देखिन्छ जसको सांकेतिक रूप भारतको नदी गंगा र यमुना मानिन्छ।मन्दिरमा मयूर,हात्ती,चन्द्रमा एबं घोडा र ऊंट अन्कित हुनुले यूएईको प्रतिनिधित्व गरेको आभाष हुन्छ। मिठो भजन संगीत नेपथ्यमा गुँजिरहन्छ।

यस मन्दिरमा दर्शन गर्न क्यूआर(कोड(मार्फत अपोइंटमेंट बुकिंङ्ग प्रणाली समेत लागू गरेको छ।हामी सोहि अनुरूप साथीहरु सँग आएका थियौ।अन्य मन्दिर जसो यहाँ टिका,फूल कम मात्रामा प्रयोग भएको पाइन्छ।थप जानकारी यसको वेभ साइड मार्फ़त पनि पाउन सकिन्छ।यहाँ ८ देखि १० हजार सम्मले एक साथ दर्शन गर्न सक्दछन।

यूएईकै दुबईमा समेत सन् २०२२ मा उद्घाटन गरिएको अर्को हिन्दू मन्दिर रहेको छ।७० हजार बर्ग फुट क्षेत्रफलमा फैलिएको दुबईको जेबेल अली स्थित एउटा गाउँको रुपमा सबै धर्मावलंबीको आस्था मन्दिर, चर्च, गुरुद्वार,मस्जिद देख्न सकिन्छ।यस मन्दिरलाई बुर दुबईमा साँघुरो भएका कारण जेबेल अलीमा स्थानानतरण गरिएको हो।यो मन्दिर ७५ साल पुरानो शिव मन्दिरलाई मानिन्छ।

१६ भन्दा बढी देवी(देवताको आकृति अन्कित मूर्ति रहेको छ र अग्रभागमा अरबी र हिन्दू धार्मिक कलात्मक कुदिएको छ ।सेतो सिघमर्मर र टायल्समा जहाँ भगवान शिव, कृष्णा, गणेश, देवी महालक्ष्मीको मूर्ति रहेको छ।साथै दक्षिण भारतीय देवी, देवता गुरुवायूरप्पन, अयप्पनको समेत प्रतिमा राखिएकोले नजिकै प्रार्थना गर्न सहज मिलने गर्दछ।

मन्दिर बन्ने पक्का भएताका केहि उग्रबादीहरुले बिरोध समेत सामाजिक सञ्जालमा प्रकट गरेका थिए।मुस्लिम देशमा हिन्दू मन्दिर बन्दा आफ्नो धर्ममा ह्रास आउने सोचेका थिए भने अन्य हिन्दूहरु खुसी भएका थिए।यहाँ एकै साथ १००० भन्दा बढ़ी भक्तजनले पूजा अर्चना गर्न सक्दछन।

अन्त्यमा यूएईमा रहेका हिन्दूले मात्र पूजा अर्चना गर्ने मात्र नरही एउटा समुदाय,मानबताको साझा सम्पदाको प्रतिक हो।माथि उल्लेख गरिएको र स्वयं म दुबै मन्दिरमा गई सकेकाले यहाँ कुनै देबी देवताको नाममा मन्दिर नरही समग्र हिन्दू मन्दिर भनेर नामाकरण दिएको पाइन्छ सायद धार्मिक भेदभाव नहोस् र जो सुकैले पनि दर्शन गर्न सकोस् भन्ने उद्ेश्य होला ।तसर्थ यी मन्दिरले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षक बनाउनु ,सांस्कृतिक मूल्य मान्यता,आध्यात्मिकता,सहिष्णुता र हिन्दू मुस्लिम या अन्य धर्मावलम्बी बिच आपसी भाईचारा ,सद्भाव, संस्कृति,अपनत्व ,स्नेह र श्रद्धाको प्रतिनिधित्व समेत गर्ने गरेको छ।