कुश्माका दुई सहकारी एकिकरण, कारोवार शुभारम्भ

145
views

नवदृष्टि संवाददाता
पर्वत,३१ जेष्ठ

जिल्ला सदरमुकाम कुश्माबजारमा क्रियाशिल रहेका दुई सहकारीहरु एकिकरणगरि कारोवार शुभारम्भ गरेका छन् ।
श्री प्रतिफल बचत तथा ऋण सहकारी संस्था लि. र पौरखी कृषक कृषि सहकारी संस्था लि. बिच एकिकरणगरि बुधवार बाट कारोवार सुरुवात गरिएको हो । सो अवसरमा कारोवारको वित्तिय विवरण समेत सार्वजनिक गरेका छन् । जसको कुल सेयर रकम १ करोड ७१ लाख ३ हजार , कुल कोष ८१ लाख ९१ हजार, निक्षेप २ करोड ४ लाख ४० हजार र स्थिर सम्पत्ति १ लाख ३२ हजार रहेको छ ।
सहकारीले सदस्यहरुलाई आधुनिक सुचना प्रणाली जोड्दै तालिम, शिक्षामा जोड दिदै संस्थालाई अगाडि बढाउने उद्धेश्य रहेको बताईएको छ ।
एकिकरण कारोवार शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै घनश्याम गौतमले सहकारीहरु पुर्ण नियम सिद्धान्त भन्दा बाहिर गएर संचालन गर्न नहुनेमा जोड दिएका छन् ।
संस्थाले ईमान्दारीपुर्वक निति, सिद्धान्त, उद्धे्रश्य अनुरुप काम गर्न सकेको खण्डमा सफल हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै कुश्मा नगरपालिकाका शाखा प्रमुख ऋषिराम पौडेललेसहकारीहरु वर्तमान अवस्थामा भोगेका समस्यालाई ध्यानमा राख्दै तरलता व्यवस्थापनमा ध्यानदिन आग्रह गरेका छन् ।