प्रकृति, पर्यावरण तथा शालग्राम संरक्षण अभियान समिति गठन

173
views

नवदृष्टि संवाददाता
पर्वत, २, असार

प्रसिद्ध श्रीकृष्ण गण्डकी( कालीगण्डकी ) नदीहरुमा मात्र पाईने शालग्राम शिला तथा प्रकृति, पर्यावरण संरक्षण अभियानमा स्थानियबासी लाग्न थालेका छन् ।
जिल्लाको पर्वत, बाग्लुङ्ग, म्याग्दीका स्थानियहरु संरक्षण अभियान समिति बनाएर प्रकृति, पर्यावरण र शालग्राम सरक्षणमा लाग्न थालेका हुन् ।
यसैक्रममा म्याग्दी जिल्लाको वेनी नगरपालिकामा नेत्र बहादुर महतको संयोजकत्वमा प्रकृति पर्यावरण तथा शालग्राम संरक्षण समिति गठन भएको छ । जसको सचिवमा विक्रम श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा माधवप्रसाद रेग्मी, गिरिजानन्द पौडेल, ईश्वर गिरि, भिम कुमारी भण्डारी, सुन्दर केसी, हिराबहादुर कटुवाल र बम बहादुर पुन रहेका छन् ।
कालिगण्डकी नदीमा बढिरहेको ढु¨ा, गिट्टी, बालुवा उत्खनन्ले पर्यावरण तथा शालिग्राम लोपहुन थालेपछि संरक्षणको लागि समिति गठन गर्ने, ज्ञापनपत्र बुझाउने कार्यहरु अभियान्ताहरुले गरिरहेका छन् ।