नेपाली कप्तानलाई धकेल्नखाज्ने तन्जिम हसनलाई कारबाहि

73
views

नवदृष्टि संवाददाता
५, असार

काठमाडौ । टी–२० विश्वकप २०२४ मा नेपाली कप्तान रोहित पौडेललाई धकेल्न खोज्ने बङ्गलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ ।
हसिनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो ।
मैदानमा नेपालका कप्तान रोहित पौडेलसग तन्जिम हसन नेपाली कप्तानलाई हल्का धक्का समेत दिएका थिए । सोही कारण उनीमाथि आईसीसीले कारबाही गरेको हो ।
नेपालविरुद्धको खेलमा तन्जिम हसन शकिबले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ४ ओभरको स्पेलमा २ मेडन बलिङ गर्दै ७ रन मात्रै खर्चिएर ४ विकेट लिएका थिए । उनले टी–२० विश्वकपको एक इनिङमा सबैभन्दा धेरै डट बल गर्ने कीर्तिमान पनि बनाएका छन् ।
सोही खेलमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । बङ्गलादेशका लागि तन्जिम हसनले इनिङ्सको तेस्रो ओभर बलिङ गरेका थिए र आफ्नो ओभर पूरा गर्ने बित्तिकै उनी र रोहित पौडेलबीच झगडा भयो । दुबैबिच शब्दको आदानप्रदान भयो र त्यसपछि तन्जिम रोहित पौडेलको नजिक आएर हल्का धक्का दिए । तर, खेलाडी र अम्पायरले हस्तक्षेप गरेर अवस्था शान्त गराए ।

खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मैदानमा भएको विवादबारे बताएका थिए ।

तन्जिमको बलिङको प्रशंसा गर्दै कप्तान पौडेलले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए ।
बास्तावमा घटना के भएको हो भन्नेबारे नेपाली कप्तान पौडेलले खेल सकिएपछि भने, ‘ऊ (तन्जिम) आएर ‘हिट’ भन्यो । मैले ‘गो एण्ड बल’ (जाउ, बलिङ गर) भने । अरु केही पनि हैन ।’
उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ र उनले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् । पहिले खेलेको बङ्गलादेशको टोली १९.३ ओभरमा १०६ रनमा सीमित भयो । तर, जवाफमा नेपालले १९.२ ओभरमा ८५ रन मात्रै बनाउन पाएको थियो ।