वेनीमा कालिगण्डकी सरसफाई सहित शालग्राम शिला जोगाउन नमोत्चरण

101
views

नवदृष्टि संवाददाता
पर्वत, ५, असार

श्रीकृष्ण मोहनी एकादशीमा कालिगण्डकी गलेश्वर देखि मोदीवेदी दिव्य धाम सम्म कालिगण्डकी किनारमा रहेका शालग्राम शिलाहरु नाम लेखनार्थ स्नान मेला सम्पन्न भएसगै वेनीमा पनि भगवानका अनेकौ नामले शिलाकित गरियो । नेत्र बहादुर महतको संयोजकत्वमा सो कार्य शुभारम्भ सहित समापन गरिएको थियो ।
कालिगण्डकी र जयन्ती मंगला नदी दोभान सरसफाई सहित लेखन गरिएको थियो । कार्यक्रममा भजनकृतन सहित सो कार्य गरिएको थियो ।
मोदीवेनी दिव्य धाम, मालढुङ्गा, जलजलमा पर्ने कालिगण्डकीका शिलाहरुमा भजनकृतन र बाजागाजा सहित मार्कर, ईनामेल भगवानहरुका नाम लेखन गरिएको थियो ।
प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समितिको आयोजनामा भएको मेलामा भक्तजनहरुले भजन कृत सहित १०८ शिला भगवत् नमोत्चारण लेख शिलाकिंत गर्नेगरि शालग्राम शिलामा नाम लेखेका थिए ।