वर्षा सुरु भएपछि चटारोमा किसान,पर्वतमा १५ प्रतिशत धान रोपाई

176
views

नवदृष्टि संवाददाता
पर्वत, १६ असार

वर्षा सुरु भएपछि किसानहरु धान रोपाईको चटारोमा छन् । वर्षा कहिले होला र खेत रोपौला भनेर आकाशतिर हेरिरहेका किसान वर्षा सुरु भएलगत्तै खेततिर देखिन थालेका हुन् । खोलाहरुमा पानीको मात्रा बढ्नथालेपछि किसानहरु खेत रोपाईतिर लाग्न थालेका छन् र
वर्षासुरु भएपछि कतै किसानहरु यतिबेला गराका आलीकाल्ला खन्ने, मिलाउने र मकै थन्काउने काममा व्यस्त छन् भने खोलाहरुका नजिकका खेतहरुमा किसानहरुले खेतरोप्न थालेका छन् ।
पर्वत जिल्लामा असार पन्ध्र सम्ममा १५ प्रतिशत धान रोपाई भएको छ । असारमा वर्षा भएपछि खोलाको नजिकैपर्ने खेतहरुमा रोपाई सुरु भएको हो । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार चैते धान लगायका पैयु र विहादी बाहेकका अन्य खोलाखेतहरुमा धान रोपाई सुरु भएको छ । धेरै जसो स्थानिय लोकल जेठोबुढो धान लगाईएको छ । पर्वतमा बर्खे धान ७ हजार ५ सय २५ हेक्टरमा हुदै आएको छ ।
वर्षा राम्रो भएको खण्डमा धान रोपाईको क्रम विस्तारै बढ्दै जाने बताईन्छ ।
१५ प्रतिशत धान रोपाई भएको छ, खोलाहरुको साईडमा अन्य ठाउ“मा विस्तारै बढ्दै जाने क्रम रहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले बताए ।
वर्षा सुरु भएपछि किसानहरु धान रोपाई सुरु गर्न पाएकोमा खुसी देखिएका छन् ।