प्रधानमन्त्रीले विश्वासको मत लिने, राजिनामा नदिने

61
views

नवदृष्टि संवाददाता
१८, असार

काठमाडौ । मध्यरातदेखि गठबन्धन परिवर्तन भएपछि नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मत लिनेनिर्णय गरेको हो ।
बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय भएको छ । पौडेलले अहिले सरकारलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता नलिएकाले विश्वासको मत कहिले लिने भन्ने विषयमा केही सोच नबनाएको बताए ।
मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने पनि माओवादीको निष्कर्ष छ ।
कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको आरोप लगाउदै पौडेलले यस विषयमा विभिन्न राजनीतिक दलहरूसग छलफल गर्ने निर्णय भएको जानाकारी दिएका छन् ।