कुश्मा ज्ञादी झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारी साधन चलाउन रोक

153
views

नवदृष्टि संवाददाता
पर्वत, १९ असार
,

नेपालकै पहिलो सबैभन्दा अग्लो र लामो कुश्मा ज्ञादी झोलुङ्गे पुलमा दुईपाङग्रे सवारी साधन मोटर साईकल संचालनले जोखिममा पर्दै गएपछि निरिक्षण, मर्मत कार्य अगाडि बढाउनका लागि दुई पाङ्ग्रे सवारी बन्द गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति पर्वत र सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौले सो पुल निरिक्षण र मर्मत कार्र्य अगाडि बढाउनका लागि बन्द गरेको हो । जिल्ला स्थित सुरक्षा निकाय प्रहरी, शसस्त्र र ट्राफिकले मोटरसाईकल आवत जावत गर्न राखिएका सिडी हटाएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति पर्वतका अनुसार लामो समयदेखि झोपुल मर्मत ंनभएकाले बढ्दैगएको जोखिमलाई ध्यानमा राखेर पुलमा दुईपाङग्रे सवारी मोटरसाईकल र स्कुटि चलाउन बन्द गएिको छ ।
पुलको जोखिमलाई ध्यानमा राखेर सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले निरिक्षण तथा अनुगमन र मर्मतसंभार कार्य अगाडि बढाउनकालागि पुलमा दुईपाङ्ग्रे सवारि बन्द गरिएको छ । पुलमा मोटरसाईकल आवतजावतले भाईब्रेसन बढि भएकाले पुल जोखिममा पर्दै गएकोले छिटो मर्मतका काम अगाडि बढाउन बन्द गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जनाए ।
विगत १८ वर्षदेखि पुल मर्मत नह“ुदा पैदलयात्री उपभोक्ता चिन्तित थिए । मर्मत गर्ने कार्य अगाडि बढाउन मोटरसाईकल बन्दपछि स्थानिय उपभोक्ता खुसी देखिएका छन् । धेरै मोटरसाईकल पुलमा एकैसाथ चलाउदा पैदलयात्रीलाई समेत बाधा परिरहेकोले बन्दह“ुदा खुसी भएको पैदलयात्री बताउ“छन् ।