डेंगुको प्रकोप बढ्दै, सबैभन्दा बढि बाग्मतीमा

51
views

नवदृष्टि संवाददाता
२१, असार

काठमाडौ । देश भर डेंगको प्रकोप बढ्दै जाने क्रम देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर १४ सय ३२ संक्रमित मध्ये बाग्मती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै, कोशी प्रदेशमा ३ सय ५० जना डेंगु, गण्डकीमा २१२ जनामा, लुम्बिनी प्रदेशमा १७१ जनामा डेंगु संक्रमित फेला परेका छन् यस्तै, सुदूरपश्चिममा १५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु पुष्टि भएका छन् ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म १४ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ ।