अविरल वर्षाका कारण जनजिवन प्रभावित

50
views

नवदृष्टि संवाददाता
पर्वत, २३ असार


गत केहिदिन देखिको अविरल वर्षाका कारण पर्वत जिल्ला प्रभावित बनेको छ । जिल्लामा दुईजनाको ज्यान लिनुको साथै अधिकांश ठाउ“हरुमा बाढि पहिरो, जमिन भासिनेक्रम र सडक अवरुद्ध बनाउने गरेको क्रम बढेको छ ।
जिल्लाको फलेवास १ कार्किनेटामा गोठ भत्काउदा दुई जनाको ज्यान लिएको छ भने, ६ घर विस्थापित बनेका छन् । त्यस्तै जिल्लाको कुश्मानगरपालिका नरबहादुर दर्जी र विष्णु दर्जिको घर पहिरोले पुरेको छ ।
महाशिलामा तीन घरलाई क्षति पुर्याएको छ । त्यस्तै बासखर्कमा तीन वटा घरमा क्षति पुगेको जनाईएको छ ।
 त्यस्तै खोलानाला बढेर पानीको वहाब उच्च विन्दुमा पुगेको छ । कालिगण्डकी र मोदीखोलाको दोभाव मादीवेनी धाममा पानीको वहाब बढेर २५ वर्षमाउच्च विन्दुमा पुगेको बताईएको छ ।