नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै

57
views

काठमाडौं, ३१, असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहान ११ बजे प्रधानमन्त्री ओलीले शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई आज बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ ।

शपथ समारोहमा उपस्थित हुन संघीय संसद्का सम्पूणर् सदस्यलाई राष्ट्रपति कार्यालयले निमन्त्रणा गरेको छ ।