सुनको मूल्यमा नया“ रेकर्ड

38
views

नवदृष्टि संवाददाता
काठमाडौ, १ साउन
आज स्थानीय बजारमा सुनको मूल्य उच्च रहेको छ । सुनको मूल्यमाप्रतितोला ९०० रुपैया“ले बढेको छ । बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेपछि नया रेकड कायम गरेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैया“ पुगेको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैया थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैया कायम छ ।
यस्तै आज चा“दीको मूल्य तोलामा १० रुपैयाले घटेको छ । महासंघले आज चा“दीको मूल्य तोलामा १८ सय ७५ रुपैया“ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैया“मा कारोबार भएको थियो ।