घरघरमा साउने सक्रान्ति पर्व मनाईयो

44
views

नवदृष्टि संवादाता
पर्वत, २,साउन
साउन १ गते मंगलबार घरघरमा साउनेसक्रान्ति अर्थात् लुतो फाल्ने पर्व मनाईएको छ । घरघरमा विभिन्न किसिमका जटिबुटी, अनाजको पुजाआजगरि अग’ल्टो फाल्दै सो पर्व मनाईएको हो ।

असार महिनाभर धान रोपाइ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने जडिब’टि वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।