हरिशयनी एकादशी, कालिगण्डकी स्नान र तुलसी रोपण

100
views

नवदृष्टि संवाददाता
पर्वत, २, साउन

Tulasi, plants, green,natural, Ayurveda
हिन्दुधर्माबलम्वीहरु आज हरिशयनी एकादशीदिन कालिगण्डकी स्नानगरि ब्रत बसी पुजाआजा गरि घरमा तुलसी रोपण गरेका छन् । कालिगण्डकी नदितटमा स्नानगर्न रहेका एतिहासिक तथा धार्मिकहरुमा स्नानगर्नका लागि बिहानैदेखि भिड लागेको थियो ।
हरिशयनी एकादशीमा घरघरमा ब्रतबसी तुलसी रोपणगर्ने चलन रहेको छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।
यस अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ । यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ ।
वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व दिइन्छ । वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउछन् । चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइचो लाग्छ । आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याक्ने वनस्पतिका रूपमा तुलसीको महत्व छ ।