बाग्लुङ्गमा पालिका स्तरिय प्रकृति पर्यावरण तथा शालग्राम संरक्षण समिति गठन

33
views

नवदृष्टि संवाददाता
पर्वत, ६ साउन
प्रसिद्ध कालिगण्डकी तटका पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, स्याङ्गजा, पाल्पा जिल्लाहरुमा पर्ने पालिकाहरुमा प्रकृति पर्यावरण तथा शालग्राम संरक्षणका लागि पालिका स्तरिय समिति गठन गरिएका छन् । यसैक्रममा बाग्लुङ्ग जिल्लाको सदरमुकामा पालिका स्तरिय समिति गठन गरिएको छ ।

गुरु पुर्णिमाको अवसरमा आईतबार बाग्लुङ्ग बजारमा बसेको भेलाले जब्बरबहादुर लामिछानेको अध्यक्षतामा सात सदस्यीय बाग्लुङ्ग नगरपालिका स्तरीय प्रकृति पर्यावरण तथा शालग्राम संरक्षण समितिको गठन गरेको गरिएको छ ।
समितिको सचिवमा भक्तिप्रसँद आचार्य रहेका छन् । त्यसैगरि सदस्यहरुमा दयाराम कडेल, भरत कुमार श्रेष्ठ, लाल बहादुर केसी, सविना क्षत्री, प्रकाश सापकोटा, दयाराम सापकोटा र नारायण प्रसाद सापकोटा रहनुभएको छ । त्यस्तै भेलाले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
कार्यक्रममा पिठाधीश, स्वामी श्री ऋषि प्रपन्नचार्य, अभियानका संयोजक यज्ञ बहादुर थापा त्यस्तै अभियानका सल्लाहकार सदस्यहरु पृथ्वी नारायण शर्मा, सुर्यप्रकाश पौडेल, खुमराज पराजुली र मान कुमारी गिरीको विषेश उपस्थिति रहेको थियो सो भेलामा जलजला गाउ“पालिकाका संयोजक तारानाथ रेग्मी र सचिव हरेम बहादुर खत्रीको पनि उपस्थिति रहेको थियो । सो अवसरमा पृथ्वी नारायण शर्माले कालिगण्डकी र शालग्रामको महत्वबारे धार्मित तथा वैज्ञानिक ढंगले विश्लेषण गरेका थिए भने, अन्य सहभागीहरुले प्रकृति पर्यावरण तथा शालग्रामको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
समिति गठनपछि कालिगण्डकीको स्वच्छता र पवित्रता कायमगरि प्रकृति र पर्यावरण जर्गेना तथा शालग्रामको संरक्षण लागि अभियान गरिने अभियान्ताहरुले जनाएका छन्