बाढीले अबरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

18
views

गोपाल जिसी
पर्वत, ८, साउन । गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पर्वत खण्ड खुलेको छ । कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादी खोलामा आएको लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको थियो ।

सुरक्षाकर्मी र लोकमार्गको एक्स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले जानकारी दिएका छन् ।