बाढीले पैंयुको बानीडाँडा प्राथमिक विद्यालयमा क्षति

25
views

गोपाल जिसी
पर्वत, ९, साउन । पर्वत जिल्लाको पैयुँ गाउँपालिका–५ मा रहेको बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेर क्षति पुर्याएको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदो पसेर विद्यालयमा क्षति पुर्याएको हो । बाढीले विद्यालयका कोठाहरु गेग्रानले भरिएका छन् । विद्यालयको भौतिक संरचनामा क्षति भएको छ ।

बाढीले क्षति पुर्याएका कारण विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था आएको पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलले बताए ।

“खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, भुर्तेलले भने ‘भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ेको छ

बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् ।

यसैबीच, बाढीका कारण पैयुँ –५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ ।