सौर्य विमान दुर्घटना : १९ जना सवार, १८ को मृत्यु

36
views

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिइ १८ शव संकलन गरिएको उल्लेख छ । पाइलट मनिषरत्न शाक्यको तत्कालै उद्धार गरि केएमसी अस्पताल लगिएको छ ।