आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक

14
views

काठमाडौं, ११, साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बालुवाटारसस्थित भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।