कार्यालय प्रमुख तथा संचारकर्मीबिच अन्र्तक्रिया

23
views

नवदृष्टि संवाददाता
पर्वत, ११ साउन
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा जिल्लास्थित सरकारी कार्यालयहरु र पत्रकारबिच बिहिबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयहरुले गत आर्थिकवर्ष २०८०। ८१ बार्षिक प्रगति तथा जिल्लाका विकास निर्माणका विषयमा छलफल गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्युत् तथा शिक्षा विकास समन्वय ईकाइ कार्यालय बाहेक सम्र्पूण कार्यालयहरुले आफ्ना प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्वन्धित कार्यालयहरुलाई संचारकर्मीहरुले जिज्ञासा राखेका थिए भने, सम्वन्धित कार्यालयले संचारकर्मीका जिज्ञासा जवाफ दिएका दिएका थिए ।