फुटबल मैदानमा रकेट प्रहारबाट तेह्रको मृत्यु

18
views

१३, साउन
तेल अभिभ,इजरायलको नियन्त्रणमा रहेको गोलन हाइट्स स्थित एउटा फुटबल मैदानमा रकेट प्रहार हु“दा बाह्र बालबालिका र एक युवाको मृत्यु भएको बताइएको छ । उक्त आक्रमणमा दर्जनौ घाइते भएको इजरायली अधिकारीहरूले बताएका छन् ।


इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले लेबननको शक्तिशाली लडाकु समूह हिजबुल्लाहले प्रहार गरेको रकेट मज्दाल शाम्सको ड्रुज सहरमा खसेको दाबी गरेको छ । त्यो दाबीलाई हिल्बुल्लाह समूहले कडा रूपमा अस्वीकार गरेको छ ।
गोलन हाइट्सको आक्रमणपछि इजरायली सेनाले लेबननभित्र हिजबुल्लाहलक्षित आक्रमण गरेको जनाएको छ । आइतवार सबेरै लेबननभित्रका सातवटा हिजबुल्लाहका केन्द्रहरूमा आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । तर उनीहरूले कहा“ आक्रमण गरेका हुन् अझै स्पष्ट छैन ।