दुध उत्पादनमा आत्मनिर्भर बन्दै पर्वत

62
views

नवदृष्टि संवाददाता
पर्वत, १४, साउन । पर्वत जिल्ला दुध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका अनुसार गतवर्ष ८०।८१मा १२ हजार १ सय ६२ मेन्ट्रीक टन दुध उत्पादन भएको छ । जिल्लामा १६ हजार २ सय ८६ वटा दुधालु भैसी र ३ हजार ८ सय ४२ वटा दुधालु गाई बाट सो दुध उत्पादनहुने गरेको छ ।

जिल्लामा १४४ वटा गाई फर्म र ४४ वटा भैसी फर्म रहेका छन् । जिल्लाका सात पालिका मध्ये कुश्मा नगर पालिका केहि वडाहरुमा उत्पादन हुने दुध कुश्मा बजारमै खपत हुने गरेको  छ । फलेवास नगरपालिकाले १ हजार लिटर दुध पोखरा निर्यात गर्ने गरेको छ ।

त्यस्तै,जलजला गाउँपालिकाले १ हजार लिटर दुध बाग्लुङ्ग निर्यात गरेको छ । त्यस्तै मोदीले १ हजार लिटर दुध पोखरा पठाउने गरेको छ । त्यस्तै विहादीले १ सय ६० लिटर दुध वालिङ्ग पठाउने गरेको छ । पैयु गाउँपालिकाले भने, स्थानियबजारमा उपभोग गरेको छ ।

एकवर्षमा प्रतिव्यक्ति ९० लिटर दुध मानिसका लागि आवश्यकपर्ने आकडा अनुसार पर्वत जिल्ला दुधमा आत्मनिर्भर भएको जिल्ला अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । अस्पतालले दुध उत्पादनलाई वृद्धिगर्न तालिम, उपचारसेवा तथा उत्पादनमा आधारित भएर अनुदानको व्यवस्था गरेको पशुस्वास्थ्य प्राविधिक प्रकाश परियारले बताए ।

गाईमा देखिने लम्पी स्कीन रोग, दाना, चोकरको मुल्य वृद्धि, दुधको उचित मुल्य नपाउ“दा भने कृषकहरु निरास देखिने गरेका छन् ।