बागलुङ पहिरोमा एक जनाको मृत्यु, चार घर पुरिए

77
views

पर्वत, २२, साउन । बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने पहिरोले चार घर पुरिएका छन् ।

बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ ।