बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले सरकारी निवास छोडिनन्

12
views

नवदृष्टि संवाददाता
२१, साउन
एजेन्सी÷बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेकी छन् ।

नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भनेको छ, “प्रधानमन्त्री र उहा“की बहिनी प्रधानमन्त्रीको सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएको बताईएको छ । “उनले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेपनि मौका नपाएको जनाईएको छ । विद्यार्थी समुहको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिएकी हुन् ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।