बाग्लुङ्ग पहिरोमा मृत्यू हुनेको संख्या आठ पुग्यो

9
views

नवदृष्टि संवाददाता
पर्वत,२२, साउन
बाग्लुङ्गको वडिगाडमा अविरल वर्षाका कारण आएको पहिरोमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउ“पालिका ९ र १० नम्बर वडामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नया“ बस्तीमा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन् ।
बरालका अनुसार वडा नम्बर १० मा मृत्यु हुनेमा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिकको मृत्यु भएको छ । यस्तै ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको जनाईएको छ ।यस्तै गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा रहेका छन् ।