नुवाकोटको शिवपुरी चौरमा हेलिकोप्टर दुर्घटना, पा“चजनाको मृत्यु

50
views

नवदृष्टि संवाददाता
 २३, साउन
काठमाडौं ः नुवाकोटको शिवपुरी–७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना पाचजनाको मृत्यु भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पा“चजनाको शव भेटिएको छ । बुधबार दिउ“सो काठमाडौ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो ।

शिवपुरी गाउ“पालिका वडा–७ का वडाध्यक्ष वीरबहादुर तामाङले पाँचजनाको शव भेटिएको जानकारी दिए। दुर्घटनामा परेका मृतकहरूकोे पहिचान प्रक्रिया भइरहेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार हेलिकोप्टरमा एक पाइलट र चार यात्रु सवार थिए । घटनाबारे थप विवरण आउन बा“की रहेको बताइएको छ ।